बालबालिकालाई भविष्यको जिम्मेवार नागरिक बनाउन लागिपरौं : प्रदेश प्रमुख शर्मा

लोकखबर
२०७९ भाद्र ३०, बिहीबार ११:०६

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले भदौ २९ गते बुधबार मनाइदै गरिएको राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्नुहुँदै नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्दता गरेको दिनका अवसरमा हामी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आइरहेको उल्लेख गरेका हुन् ।

‘‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’’ भन्ने नारासहित आज मनाइदै गरिएको ५८ औं राष्ट्रिय बाल दिवसका सन्दर्भमा प्रमुख शर्माले आफ्नो सन्देशमा नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता अधिकार व्यवस्था गरेको उल्लेख गरेका हुन् । ‘बालबालिकाको सवालमा व्यवस्था गरिएका विभिन्न संवैधानिक तथा कानूनी प्रावधानहरूको स्थानीय, प्रदेश तथा संघ तीनै तहका सरकारबाट प्रभावकारी कार्यान्वयन हुनुपर्दछ । ’ शर्माले भनेका छन् ।
प्रमुख शर्माले वर्तमानका साझेदार एवं भविष्यका कर्णधार मानिने बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्बन्धित पक्ष लागिपरौं भन्ने आव्हान समेत गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको