आज बडादशैंको टीका, विहान ११ः५१ मा उत्तम साइत
मकवानपुर । नेपालीहरुको महत्वपूर्ण पर्व बडा दशैं अन्तर्गत आज विजया दशमीको दिन । आफू भन्दा ठूला मान्यजनको हातबाट टिका तथा जमरा लगाउँदै आशिर्वाद ग्रहण गरिदैछ ।
टिकाका लागि उत्तम साइतको समय विहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पन्चांग निर्णायक विकास समितिको भनाई छ ।
समितीका अनुसार सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउँदा राम्रो हुनेछ ।
आजबाट सुरु दशैंको टीका कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउँने गरिएको छ ।











































