मनहरीमा एमाले छाड्ने लहर
मकवानपुर। मकवानपुरको मनहरीमा एमाले छाड्दै एकीकृत समाजवादी प्रवेश गर्ने लहर चलेको छ । गाउँपालिकाको वडा नं ८ देवकोटका ११ जनाले नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेको छन् । यसरी नेकपा एस रोज्नेमा एमालेको टोल कमिटीमा रही काम गरिसकेका छन् । मनहरी ९ रजैयामा लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त भेलामा उनीहरु एमाले फटाहा पार्टी भन्दै एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एबम् प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार विरोध खतिवडा, केन्द्रीय सदस्य राजाराम स्याङ्तान, बागमती प्रदेश सदस्य गोविन्दराम चेपाङ, जिल्ला सचिव बिष्णुप्रसाद दाहाल, मनहरी गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठ लगायतले अबिर लगाएर स्वागत गरेका थिए । भेलामा राक्सिराङ गाउँपालिकाका केही व्यक्ति नेपाली काँग्रेसमा पनि प्रवेश गरेको काँग्रेस मनहरीका सभापति प्रकाश बर्तौलाले जानकारी दिए।











































