आज खण्डग्रास सूर्यग्रहण लाग्दै

लोकखबर
२०७९ कार्तिक ८, मंगलवार ०६:५३

मकवानपुर । आज मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दैछ। नेपाल पन्चांग निर्णायक समितीका अनुसार ग्रहण अपरान्ह ४ बजेर ५२ मिनेटमा सुरु हुनेछ । यसपछि साँझ ५ बजेर २४ मिनेटमा ग्रहण सकिने समितीको भनाई छ ।

यो ग्रहण नेपालका सबै भूभाग विशेषगरी पूर्वी भागबाट प्रष्ट देख्न सकिने जनाइएको छ। नेपाललगायत भारत, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, मध्य एसिया, युरोप, उत्तर अफ्रिका, मंगोलिया,सिरिया र नर्वेलगायत देशबाट पनि ग्रहण देखिनेछ ।

आँखाको ज्योतिमा गम्भीर असर पर्नसक्ने भएकाले नांगो आँखाले ग्रहण हेर्न नहुने खगोलविद्को सुझाव छ । सूर्य ग्रहणविशेष किसिमको यन्त्रबाट मात्र हेर्नुपर्छ । ‘विशेष किसिमको चस्मा, टेलिस्कोप, बाइनाकुलर प्रयोग गरेर ग्रहण हेर्न सकिन्छ ।

करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने जनाइएको छ । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६:४५ बजे छोड्नेछ ।
शास्त्रीय मान्यताअनुसार सोमबार राति ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ ।

सूर्य र पृथ्वीको बीचमा पर्दा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण हुन्छ। सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास र आंशिक छेकेको अवस्थालाई खण्डग्रास भनिन्छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको