विगतका तितामिठा अनुभव भुलेर गठबन्धनलाई जिताउन एक भएर लाग्न बानियाको आग्रह

लोकखबर
२०७९ कार्तिक १३, आईतवार १६:२१

मकवानपुर । बाम लोकतान्त्रिक गठबन्धनको आज हेटौंडाको ३ र १९ नम्बर तथा मनहरी गाउँपालिकास्तरिय अगुवा कार्यकर्ता भेला भएको छ ।

भेलामा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान, व्यवस्था र प्राप्त उपलब्धी रक्षाको लागि गठबन्धन निर्माण गरी चुनावमा होमिएको बताएका छन् ।

बानियाँले केपी ओली नेतृत्वको एमाले गणतन्त्र विरोधी कमल थापा, देश टुक्राउन खोज्ने सिके राउत र राजा माग्ने राजेन्द्र लिङ्देनलगायत लिएर गठबन्धन गरेर गणतन्त्र मास्ने खेलमा लागेको बताए ।

नेकपा एमालेका नीति, नियत र नेता ठिक नभएको बताउँदै प्रदेशसभा उम्मेदवार बानियाँले व्यवस्था परिवर्तन गरिसकिएकोले अब विकास निर्माणका साथै जनताको जीवनस्तर उकास्न लागिपर्ने बेला भएको बताए ।

राजा, धर्म र जातको नाममा राजनीति गर्ने कमजोर सिद्धान्त भएको एमाले जस्तो पार्टीले गर्ने भन्दै नेता बानियाँले विगतमा भएको स्थानीय तहको निर्वाचनमा भएको तितोमिठो अनुभवलाई भुलेर बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन सबै एक भएर लाग्न आग्रह पनि गरे ।

नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका अध्यक्ष रामप्रसाद कालाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यद्वय मुनु सिग्देल र राजाराम स्याङतान, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामा, माओवादी केन्द्रका वीरबहादुर घलान ज्वाला, नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव विष्णुप्रसाद दाहाल, माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य संजीव पाठक, कांग्रेस मकवानपुर २ (ख) का सभापति रञ्जन कालाखेती, मकवानपुर क्षेत्र नंम्बर २ का कांग्रेस प्रचारप्रसार संयोजक खेमराज सापकोटा, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका अध्यक्ष नारायण श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको