गठबन्धनलाई अगाडी बढाउनुपर्ने एकीकृत समाजवादीको निष्कर्ष
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मंसिर ४ मा सम्पन्न चुनावबाट सोचेजस्तो नतिजा नआएपनि गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा पुगेको छ ।
आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले वर्तमान सत्तारूढ गठबन्धनलाई अगाडी बढाउनुपर्ने निस्कर्ष निकालेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।
अध्यक्ष नेपालले देश दक्षिणपन्थी दिशातिर जाने खतरा रहेको भन्दै आफूहरूले सतर्क हुनुपर्ने आवश्यकताको महसुस गरेको बताए ।
नेपालले राष्ट्रिय राजनीति कुन दिशातर्फ अगाडी बढ्छ भन्ने कुराको सन्दर्भमा हामीले गम्भीर चिन्तन, मनन गर्यौ । देश कतै दक्षिणपन्थी दिशातिर त जाँदैन भन्ने कुरालाई हामीले गम्भीरताका साथ लिनुपर्ने र सतर्क हुनुपर्ने आवश्यकता महसुस गर्यौ ।











































