एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न १८ हजार मत कम, सात दल बने राष्ट्रिय पार्टी

लोकखबर
२०७९ मंसिर २०, मंगलवार १९:४४

मकवानपुर । केपी ओली नेतृत्वको नेकपा एमालेसंग विद्रोह गरी बनेको नेकपा (एकीकृत समाजवादी) थोरै मतका कारण राष्ट्रिय दल बन्नबाट चुकेको छ । राष्ट्रिय पार्टी बन्नका लागि समानुपातिकमा सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाउनुपर्नेमा त्यसो नभएपछि एकीकृत समाजवादीले समानुपातिकतर्फ प्राप्त गरेको मत पनि खेर गएको छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम मतरिणाम अनुसार नेकपा (एस) ले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गर्न मात्र सक्यो । निर्वाचन आयोगका अनुसार राष्ट्रिय पार्टी बन्नका लागि उसलाई १८ हजार ४११ मत अपुग भएको हो । थ्रेसहोल्ड कटाउनका लागि तीन लाख १६ हजार ८०२ मत आवश्यक पर्दछ ।

प्रतिनिधीसभामा गठबन्धनबाट १९ सिटमा उम्मेदवारी दिएको एकीकृत समाजवादीले १० क्षेत्रमा जित हासिल गरेको छ ।
थ्रेस होल्ड कटाएर सात वटा दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी राष्ट्रिय पार्टी बनेका हुन् ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको