मुख्यमन्त्रीको प्रचार गरिएका इन्द्र बानियाँ बहादुरसिं लामासंग हारे

लोकखबर
२०७९ पुष १३, बुधबार २०:३६

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिं लामा विजयी भएका छन् ।
यसअघि देखिनै मुख्यमन्त्रीका रुपमा प्रचार गरिएका इन्द्रबहादुर बानियाँलाई हराउँदै लामा दलको नेता भएका हुन् । आज बुधबार भएको चुनावमा पार्टी केन्द्रिय सदस्य समेत रहेका लामाले बानियाँलाई पाँच मतको अन्तरमा हराएका हुन् ।
बागमतीमा कांग्रेसका रहेका ३७ सदस्यमध्ये लामाले २१ मत र बानियाँले १६मत पाएका हुन् । दलको नेता छान्नका लागि दिउँसो २ बजेदेखि बागमती प्रदेश कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको