बागमतीका प्रदेश सांसदले लिए सपथ

लोकखबर
२०७९ पुष १४, बिहीबार १८:१९

मकवानपुर । बागमती प्रदेशसभाका सदस्यहरुले आज विहीबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले निर्वाचित प्रदेश सांसदहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
नेकपा माओवादी केन्द्रका ढुंगाना नुवाकोटको क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (१) बाट प्रत्यक्ष निर्वाचित ज्येष्ठ सदस्य ढुंगानाले भने हिजै प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट सपथ लिइसकेका थिए । ज्येष्ठ सदस्यका हैसियतमा आफूले सपथ लिइसकेपछि प्रदेशसभाका बाँकी १०९ जना सदस्यलाई उनले सपथ ग्रहण गराएका हुन् ।
प्रदेशसभा सचिवालयले जानकारी दिए अनुसार १२ जनाले नेवारी तथा ३ जनाले तामाङ भाषामा र बाँकीले नेपाली भाषामा शपथ लिएका हुन् ।
बागमती प्रदेशसभामा प्रत्यक्ष ६६ र समानुपातिक ४४ गरी ११० जना सांसद छन् । प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको