देशका केही स्थानमा आज पानी पर्न सम्भावना
मकवानपुर । आज देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक- दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, भोलि शनिबार पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
आजको दिनमा तराईमा हुस्सु लागेको छ भने काठमाडौँसहित केही मध्यपहाडी भेगको आकाश पनि धुम्म छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार दिउँसो प्रदेश १,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति प्रदेश १,गण्डकी,कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
भोलि शनिबार पनि प्रदेश १,बागमती र गण्डकीका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।











































