सरकारमा सहभागिताबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक

लोकखबर
२०७९ पुष १५, शुक्रबार २०:०६

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले भोलि शनिबार स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने जनाइएको छ । बैठकमा चुनावी समीक्षाका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने एकीकृत समाजवादीले जनाएको छ ।
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकीकृत समाजवादी, कांग्रेस लगायत पाँच दलीय गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछिको अवस्थाबारे छलफल गर्नका लागि पार्टी स्थायी कमिटीको बैठक आव्हान भएको हो । बदलिँदो राजनीतिक परिदृश्यका विषयमा आफ्नो भूमिका के हुने भन्नेमा बैठकमा छलफल हुने एक नेताको भनाई छ ।
गठबन्धनको एक घटक आफूहरुसंग कुनै सल्लाह नगरी माओवादी केन्द्र एमालेसंग मिल्न गएपछि अब सरकारमा सहभागी हुने वा नहुने अनि जिल्ला जिल्लाबाट पार्टीका सम्बन्धमा आएका सुझाव कार्यान्वयन गर्नका लागि आपसमा स्थायी कमिटीको बैठकमा छलफल गरी निश्कर्ष निकालिने बताइएको छ । एकीकृत समाजवादीलाई सरकारमा समेट्न प्रधानमन्त्री प्रचण्ड लागिपरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको