माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम

लोकखबर
२०७९ पुष १६, शनिबार १७:३९

मकवानपुर । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल सर्वसम्मत रुपमा चयन भएका छन् ।
संसदीय दलको नेता चयन गर्नका लागि शुक्रबार हिजोबाट काठमाडौंमा बैठक भएपनि पाँच जना आकांक्षी देखिएपछि सर्वसम्मत रुपमा चयन गर्दा ढिलाई भएको हो ।
प्रदेश संसदीय दलको नेतामा जम्मकट्टेल, सरल सहयात्री पौडेल, गंगानारायण श्रेष्ठ, युवराज दुलाल शरदको आकांक्षा थियो । सहमती हुन नसकेपछि पार्टी नेतृत्वलाई दलको नेता छान्ने जिम्मा दिइएपछि आज जम्मकट्टेललाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।
जम्मकट्टेल यसअघि पनि माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलको नेता थिए । उनी तत्कालीन नेकपा, कांग्रेस लगायतको गठबन्धन सरकारमा मन्त्रीको जिम्मेवारीमा रहँदै आएका छन् । पछिल्लो एमाले–माओवादी लगायत दलको गठबन्धनमा पनि उनको मुख्यमन्त्रीमा दाबी रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको