स्थानीय तह गोल्डकपको पाँचौ संस्करण फागुन दोस्रो साता हुने

लोकखबर
२०७९ पुष १८, सोमबार २१:०१

मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मकवानपुरको हेटौंडामा हुने स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करण आगामी फागुनको दोस्रो साताका लागि तयारी गरिएको छ ।
जिल्ला खेलकुद विकास समिती मकवानपुरमा पत्रकार सम्मेलनमार्फत आयोजकले यसअघि सम्पन्न प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गर्दै प्रतियोगिताको नयाँ संस्करणबारे जानकारी दिएको हो ।
यसअघि सम्पन्न फुटबल प्रतियोगितामा एक करोड ३१ लाख ५६ हजार रुपैयाँ आमदानी गरेको प्रतियोगितामा चौथो संस्करणमा जम्मा खर्च भने एक करोड ९ लाख ७६ हजार रुपैयाँ गरेको फुटबल प्रतियोगिताका संयोजक प्रताप विष्टले जानकारी दिए ।
चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताबाट २१ लाख ३६ हजार रुपैयाँ बचत भएको छ । प्रतियोगिता आयोजनाका लागि मकवानपुरका स्थानीय तहहरुले मात्रै झण्डै ६० लाख रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्बाट ४१ लाख ९१ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले २४ लाख १६ हजार रुपैयाँ, ८ वटा गाउँपालिकाहरुबाट ३३ लाख ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि ६ लाख ९८ हजार रुपैयाँ मूल्यको बुलेट मोटरसाइकल हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गरेको थियो । हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजना गरिएको प्रतियोगितामा टिकटबाट मात्रै २२ लाख रुपैयाँ आम्दानी भएको बताइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको