हेटौंडा उपमहानगरपालिकाद्वारा विपन्न लक्षित सहयोग : लादरसिंलाई सिलाई मेसिन, सुमिनालाई साइकल

लोकखबर
२०७९ पुष २६, मंगलवार १८:२९

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले विपन्न परिवारलाई सिलाई मेसिन सहयोग गरेको छ । दैनिक जीवनयापनमा समस्या झेल्दै आएका हेटौंडा ४ मा रहेर सिलाई कटाईको काम गर्ने लादरसिं परियारलाई अनुदान स्वरुप सिलाई मेसिन हस्तान्तरण गरिएको हो । करिब १२ हजार रुपियाँ बराबरको मेसिन हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले आज मंगलबार परियारलाई हस्तान्तरण गरेकी हुन् ।
उपमहानगरक्षेत्र भित्र रहेका पिछडा वर्गको उत्थान र दैनिक जीवनयापनमा सहज बनाउँनका लागि सिलाई मेसिन हस्तान्तरण गरिएको जनाइएको छ । मेसिन हस्तान्तरण गर्दै प्रमुख लामाले मेसिन सहयोग लिएरमात्र होइन दैनिक जीवनयापनमा सहज हुने गरी काममा लागिपर्न सुझाव पनि दिइन् ।
यस्तै, गाउँबाट हेटौंडा बजारसम्म अध्ययनका लागि आवत जावतमा सहजता होस् भन्दै हेटौंडा- १५ कि छात्र सुमिना पाख्रीनलाई साईकल हस्तान्तरण गरिएको उपमहानगरपालिकाका प्रेस सल्लाहकार राजन दहालले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको