बागमतीमा सभामुख चयनका लागि निर्वाचन हुँदै

लोकखबर
२७ पुष २०७९, बुधबार २१:३२

मकवानपुर । बागमती प्रदेशसभाको सभामुख चयनका लागि विहीबार निर्वाचन हुँदैछ । एमाले, माओवादी,राप्रपा लगायत सत्तारुढ गठबन्धनका तर्फबाट राप्रपाले सभामुख पाएको छ ।
बागमतीमा सभामुख पदमा राप्रपाका भुवन पाठकले उम्मेदवारी दिने भएका छन् । मुख्यमन्त्री मागेको राप्रपालाई सत्ता गठबन्धनले सभामुखमा सहमती गरेको हो । राप्रपाबाट मुख्यमन्त्रीमा दाबी गरेका पार्टी संसदीय दलका नेता उद्घव थापाले विना विभागीय मन्त्रीका रुपमा सपथ लिइसकेका छन् ।
सत्ता गठबन्धनका अलावा बागमतीमा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले पनि मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई समर्थन गरेको छ । मंगलबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजना योजनामन्त्री जगन्नाथ थपलिया र विना विभागीय मन्त्री राप्रपाका थापाले सपथ लिएका हुन् । बागमतीमा ११० प्रदेशसभा सांसद रहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*