माघी पर्वको आफ्नै विशेषता र सांस्कृतिक महत्व : प्रदेश प्रमुख शर्मा

लोकखबर
१ माघ २०७९, आईतवार ०७:४०

मकवानपुर । आज माघ १ मा मनाइँदै गरिएको माघे संक्रान्तिका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख माननीय यादव चन्द्र शर्माले शुभकामना सन्देश व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले प्रेस विज्ञप्ती गर्दै सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिनलाई मकर संक्रान्ति वा माघी पर्वका रुपमा मनाइने गरिएकाले यसको आफ्नै विशेषता र सांस्कृतिक महत्व रहेको उल्लेख गरेका छन् । नेपालमा मनाइँने सबै पर्व राष्ट्रिय पर्व भएको उल्लेख गर्नुहुँदै शर्माले यस्ता पर्वले नेपालीहरुलाई एउटै सुत्रमा बाँध्ने काम गरेको बताएका छन् । ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपालमा सबै समुदायले मनाउने चाडपर्वहरु राष्ट्रिय पर्व हुन् ।’ प्रमुखको शुभकामना सन्देशमा भनिएको छ,‘हाम्रा पर्वहरुले हामी नेपालीलाई सहिष्णुतापूर्वक एउटै सुत्रमा बाँध्ने काम गरेको छ ।’
माघी पर्वले एक आपसमा सद्भाव, सहिष्णुता र प्रगाढ पारस्परिक सम्बन्ध अभिवृद्धि गराउन थप मदत पुग्नेछ भन्ने विश्वास पनि प्रमुख शर्माले गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*