पोखरा विमान दुर्घटना:बागमती प्रदेश प्रमुख शर्माद्वारा समवेदना

लोकखबर
१ माघ २०७९, आईतवार १९:१८

मकवानपुर । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको अत्यन्त दुखद् घडीमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सो दुर्घटनामा निधन भएका स्वदेशी तथा विदेशी यात्रुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
समवेदना विज्ञप्ती जारी गर्नुहुँदै प्रमुख शर्माले भर्खरैमात्र निर्माण पूरा भई उडान शुभारम्भ भएको विमानस्थलमा अवतरणका बेला दुर्घटना हुनु निकै दुःखदायी विषय भएको उल्लेख गरेका छन् ।

प्रमुख शर्माले दुर्घटनामा परेकाहरुको सिघ्र उद्धारका लागि आग्रह गरेका छन् । ‘दुर्घटनामा परेकाहरुको सिघ्र प्रभावकारी उद्घारका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँन चाहान्छु ।’ प्रमख शर्माले समवेदनामा भनेका छन् ।

साथै, यस दुर्घटनाको वास्तविक कारण यथासंभव छिटो पत्ता लगाउन र नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन आवश्यक प्रभावकारी कदम चल्न पनि सरोकारवालाहरुलाई प्रमुख शर्माको आग्रह छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*