बागमती प्रदेशसभा उपसभामुखमा चापागाईं निर्वाचित

लोकखबर
२ माघ २०७९, सोमबार १८:१३

मकवानपुर । बागमती प्रदेशसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेद्वार नेकपा एमालेकी अप्सरा चापागाई निर्वाचित भएकी छन् ।
आज सोमबार प्रदेशसभा बैठकमा उपसभामुखमा ३ जनाको उम्मेदवारी परेकोमा ६१ मत पाएर चापागाईं उपसभामुखमा निर्वाचित भएकी हुन् ।
प्रदेशसभामा ११० सदस्य रहेकोमा विपक्षमा ३९ मत पर्याे भने ७ जना तटस्थ बसे । २ जना भने मतदानमा सहभागी नभएको पाइएको छ ।
उपसभामुखकी अर्की उम्मेद्वार नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले पक्षमा ३ र विपक्षमा ६१ मत पर्यो भने ४४ जना तटस्थ बसे ।
नेपाली कांग्रेसकी उम्मेदवार सुना परियारलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा भने छलफल नभएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*