बकैया ५ मा २३१ को आँखा जाँच्दा २६ जनालाई मोतिबिन्दु

लोकखबर
७ माघ २०७९, शनिबार १८:३८

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ मा आँखा जाँच सम्बन्धी शिविर गरिएको छ ।
बकैया ५ नम्ब वडा कार्यालय र सामुदायिक आँखा अस्पताल हेटौंडाको संयुक्त आयोजनामा बकैया ५ स्थित राजदमार आधारभुत स्वास्थ्य सेवाकेन्द्रमा शिविर भएको हो ।
आयोजक वडा कार्यालयका सचिव देवराज लामिछानेका अनुसार शिविरमा वडाका २ सय ३१ जनाले आँखा जाँच गराएका छन् ।
सचिव लामिछानेका अनुसार आँखा जाँच गराएकामध्ये २६ जनाको मोतिबिन्दुको समस्या देखिएको छ ।
स्वर्गीय आशिष राजभण्डारीको स्मृतिमा बुबा माधव राजभण्डारी र आमा राधिका राजभण्डारी शिविर प्रायोजन गरेका हुन् ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको शिविरमा बकैया गाँपालिका वडा नम्बर ५ का अध्यक्ष लक्ष्मी जिम्बाको अध्यक्षता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*