बुङ्दल सामुदायिक वनद्वारा संचारकर्मी दाहाल र पौडेललाई सम्मान

लोकखबर
७ माघ २०७९, शनिबार १९:४५

मकवानपुर । मकवानपुरको मकवानपुरगढी ५ मा रहेको बुङ्दल सामुदायिक वनले मकवानपुरका दुई जना संचारकर्मीलाई सम्मान गरेको छ ।
आज शनिबार वनको को २७ औं वार्षिक साधारणसभाका अवसरमा साधारणसभामा संचारकर्मीहरु श्रीराम दहाल र भीमसेन पौडेल सम्मानित भएका हुन् ।
वन समूहले गरेका विभिन्न कार्यहरुको प्रचारप्रसार गराएकाले संचारकर्मी दाहाल र पौडेललाई सम्मान गरिएको हो ।
यसैगरी समूहका पूर्व अध्यक्ष ध्रुवप्रसाद अधिकारी र रामकुमार छत्कुली, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष एवं समूहका सल्लाहकार बलराम अधिकारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरु हिराकुमारी दाहाल, सलिना घलान, शिखा दुलाल, श्रीजन दाहाल र विराज गौतमलाई पुरस्कृत गरिएको छ ।
समूहकी सचिव सम्झना दाहालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेश अधिकारीले आर्थिक वर्ष ०७८÷०७९ को लेखा परिक्षण प्रतिवेदन र चालु आर्थिक वर्ष ०७९÷०८० को लागि १६ लाख ५ हजारको अनुमानित आयव्यय विवरण पेश गरेका छन् ।
साधारणसभामा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, सव डिभिजन वन कार्यालय, मकवानपुरगढीका प्रमुख डटेन्द्रकुमार गोले, नमूना सामुदायिक वनका अध्यक्ष खडानन्द न्यौपाने, थाकलडाडाँ सामुदायिक वनका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, समूहका सल्लाहकार यज्ञप्रसाद तिमल्सिना, उपाध्यक्ष राधिका छत्कुली, सहसचिव बद्रीप्रसाद अधिकारी लगायतको सहभागिता थियो । ६८.६० हेक्टरमा फैलिएको सामुदायिक वनमा १ सय १० घरधुरी आबद्ध रहेका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्य तथा समूहका अध्यक्ष चन्द्रप्रसाद दुलालको अध्यक्षतामा साधारणसभा भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*