बागमतीको मुख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज विहीबार नेपाललाई प्रदेशको मुख्यन्यायधिवक्तामा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शर्माबाट नेपाल मुख्यन्यायधिवक्तामा नियुक्त भएका हुन् ।
नेपाल सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १४ निवासी हुन् ।











































