दाङका व्यवसायीलाई हेटौंडामा स्वागत
मकवानपुर । उद्योग वाणिज्य संघ दाङका पदाधिकारी तथा व्यवसायीहरुलाई मंगलबार हेटौंडामा स्वागत गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघले महोत्सव परिसरमा स्वागत गरेको हो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीको नेतृत्वमा आउनुभएको टोलीलाई मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले हेटौंडामा स्वागत गरेका हुन् । ।
औद्योगिक क्षेत्र भ्रमणको क्रममा हेटौंडा आएका उद्योगी व्यवसायीलाई संघले आयोजना गरेको महोत्सव परिसरको सचिवालयमा नै स्वागत तथा सम्मान गरिएको थियो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले संघको गतिविधिबारे जानकारी दिए । त्यस्तै दाङ जिल्लाउवा संघका अध्यक्ष बुढाथोकीले दाङ जिल्ला उवा संघको क्रियाकलाप बारे जानकारी गराएका थिए ।











































