हेटौंडा आइडलमा शनिबार ६ जनाको प्रस्तुती, दुई बाहिरिए
मकवानपुर । मकवानपुरको हेटौंडामा जारी दशौं राष्ट्रिय औद्योगिक व्यापार मेलामा गायन प्रतिष्पर्धा हेटौंडा आइडलमा आज शनिबार दुुई जना बाहिरिएका छन् ।
मकवानपुर उद्योग वाणीज्य संघको आयोजनामा १३ गतेबाट सुरु भएको व्यापार मेलामा संचालित आइडल प्रतिष्पर्धामा शनिबार विजयलामा र आवाज सुनार बाहिरिएका हुन् ।
हेटौंडा १० टिसिएसन चौरमा मेला भइरहेको छ । शुक्रबार भएको गायन प्रतिस्पर्धापछि भएको निर्णायकको मूल्याकंन, टिकट, भोटिङ र एसएमएसबाट भएको भोटिङको आधारमा दुई प्रतिस्पर्धीले हेटौंडा आइडलको मञ्च छाडेको आयोजकले जनाएको छ ।
शनिबार हेटौंडा आइडलमा ६ जनाले आफ्नो प्रस्तुती दिएका छन् । अनिता मोक्तान, प्रेमलाल बैठा,सुस्मिता श्रेष्ठ, दीपेश श्रेष्ठ,राजेश दर्नाल, सुसन शाही ठकुरीले प्रस्तुती दिएको निर्णायक विजय कार्कीले जानकारी दिए ।
गायन पश्चात उनीहरुलाई भोट गर्न टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले जानकारी दिइन् ।
भोटिङ गर्न हेटौंडा आइडलको सर्टफर्म एचआई स्पेस प्रतिस्पर्धी नम्बर टाइप गरी ३१००३ मा एसएमएस गरी मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने निर्णायक कार्कीले जानकारी दिए । टिकट अर्धकट्टीबाट भोटिङ गर्न साँझ ६ बजे सम्म भोटिङ बक्समा भोट खसाल्नुपर्ने जनाइएको छ भने एसएमएसबाट भने भोली आइतबार विहान ११ बजेसम्म भोटिङ गर्न सकिनेछ ।











































