हेटौंडा ३ बाट नेकपा एसको संगठन सुदृढीकरण अभियान सुरु

लोकखबर
२०७९ माघ २८, शनिबार १९:३३

मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरको संगठन सुदृढीकरण अभियान आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बाट सुरु भएको छ ।

जिल्ला, नगर, वडामा पार्टी कमिटी तथा सबै जनवर्गीय संगठनहरु तीन महिनाभित्र निर्माण गरिसक्नुपर्ने पार्टी निर्णयानुसारको अभियान सुरु भएको हो ।

अभियान अन्तर्गत हेटौंडा ३ नम्बर वडामा अक्कल बहादुर स्याङतानको अध्यक्षतामा १३ सदस्यीय पार्टी वडा कमिटी गठन गरिएको छ ।
कमिटी उपाध्यक्ष मन्जु लामा, सचिव अमीर बल, उपसचिव सरस्वती थिङ रहेका छन् भने सदस्यहरुमा दुर्गाप्रसाद बर्तौला, आत्मराम रुम्बा, अनिता विश्वकर्मा, ङवाङ लामा सिन्तान, कविता स्याङ्बो, सुरेश पाख्रीन, नरबहादुर घलान, केशव केसी र कमला मोक्तान रहेका छन् ।
यस्तै, मन्जु लामाको अध्यक्षतामा नौ सदस्यीय अखिल नेपाल महिला संघको हेटौंडा ३ नम्बर वडा कमिटी निर्माण गरिएको छ ।
कमिटीको उपाध्यक्ष अनिता बिक, सचिव सरस्वती थिङ रहेका छन् भने सदस्यहरुमा लक्ष्मी राई, देवी लामा, कविता स्याङ्बो, चम्पाकुमारी लामा, सविना विक र शान्ति पाख्रीन छन् ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख समेत रहेकी पार्टी नेतृ मीना कुमारी लामाको प्रमुख आतिथ्य तथा पार्टी मकवानपुर जिल्ला सभापति विष्णुप्रसाद दाहालको प्रमुख आतिथ्यमा अभियान सुरु भएको हो ।
कार्यक्रममा पार्टी जिल्ला सचिव ध्रुव भुजेल, पार्टी हेटौंडा नगर कमिटी अध्यक्ष देवराज गौतम लगायतको आतिथ्यता थियो ।
हेटौंडाको वडा वडामा पुगी पार्टीको संगठन सुदृढीकरण अभियानलाई निरन्तरता दिई अगाडी बढ्ने योजना बमोजिम आफूहरु लागिपरेको एकीकृत समाजवादी हेटौंडा उपमहानगर कमिटी अध्यक्ष देवराज गौतमले जानकारी दिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको