संघीय सरकारले पनि दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा

लोकखबर
२०७९ माघ २९, आईतवार १८:४३

मकवानपुर । वि.सं.२०५२ साल फागुन १ बाट नेपालमा जनयुद्ध सुरु भएको स्मरणमा नेपाल सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो।
नेपालमा जनयुद्धको जगमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।
संघीय सरकारले आजमात्रै निर्णय गरेपनि बागमती प्रदेश सरकारले भने जनयुद्ध दिवसका अवसरमा यसअघि नै बिदा दिने निर्णय गरिसकेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको