कैलाशको दुम्सिखर्कबाट लागुऔषध तथा हतियारसहित पाँचजना नियन्त्रणमा

लोकखबर
२०७९ फाल्गुन १३, शनिबार १७:५१

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई थान हतियार, एक हजार पाँच सय १५ किलो गाँजा र १३ किलो चरेशसहितसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ६ दुम्सिखर्कस्थित ७६ वर्षिय जीतबहादुर मोक्तानको घरबाट एक हजार पाँच सय पन्ध्र किलो अवैध लागुऔषध गाँजा, १३ किलो चरेश बरामद गरेको हो । यस्तै, अवैध भरुवा बन्दुक १ थान, कटुवा पेस्तोल १ थान र म्याग्जिनसहित ६ राउण्ड गोली फेला समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक रामचन्द्र घिमीरेले जानकारी दिए ।
मोक्तानको घर तथा गोठमा खानतलासी गर्दा लुकाई राखिएको गाँजालाई च्याप्ने काठको फर्मा १ थान, तराजु १ थान तथा गाँजालाई तयारी बनाउन प्रयोग गरिने सामान समेत नियन्त्रणमा लिइएको हो ।

अवैध गाजा,चरेश तथा हतियारसहित पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्बर ६ दुम्सिखर्कका ७६ वर्षिय घरधनी जीतबहादुर मोक्तान, २८ वर्षिय विजय मोक्तान, ४० वर्षिय रत्न घले, २२ वर्षिय अशोक घले, २२ वर्षिय शिखर घले रहेका छन् । पक्राउ परेकाहरुबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अनुसन्धान भईरहेको प्रहरी निरिक्षक घिमीरेले जानकारी दिए ।

विशेष सचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक केशरकुमार न्यौपानेको नेतृत्वमा विशेष प्रहरी प्रहायक निरिक्षक विक्रम थापा र ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी नायव निरिक्षक उमेशप्रशाद कोईरी नेतृत्वको सयुक्त प्रहरी टोलीले हतियार, अवैध लागऔषधसहित पाँचजनालाई नियन्त्रणमा प्रहरीले जनाएको छ ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको