हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई एक-एक लाख दिइने

लोकखबर
२०७९ फाल्गुन १६, मंगलवार १२:५७

मकवानपुर । जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई बागमती प्रदेश सरकारले राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले आर्थिक सहायता प्रदान गर्ने भएको छ ।
प्रदेश सरकारको आज मंगलबार बसको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
जंगली हात्तीको आक्रमणबाट पछिल्लो दुई सातामा बागमती प्रदेशमा तीन जनाको मृत्यु भएको छ ।
एम गज नामक जंगली हात्ती आक्रमणबाट ८ फागुनमा मकवानपुरको मनहरी४ वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारी, १२ फागुनमा बकैया ५ पावसका ५० वर्षका सन्तलाल माझीको मृत्यु भएको हो । यस्तै, मकुन्ना नामक जंगली हात्ती आक्रमणबाट १३ फागुनमा सिन्धुलीको कमलामाई नगरपालिका १३ का ४० वर्षीय दण्डपाणी पौडेलको मृत्यु भएको हो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवार तथा हात्ती आतंकबाट त्रसित भएका स्थानीयलाई १५ फागुनमा भेटी सरकारले सहयोग गर्ने प्रबिद्घता जनाएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको