प्रधानमन्त्री प्रचण्ड र प्रदेश प्रमुखहरुबीच भेटवार्ता

लोकखबर
२०७९ चैत्र १, बुधबार १७:५३

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभिन्न छ प्रदेशका प्रदेश प्रमुखबीच आज बुधबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र प्रदेश प्रमुखहरुबीच प्रदेशको अवस्थाका विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डसंग मधेस प्रदेशका प्रदेश प्रमुुख हरिशंकर मिश्र, बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार, र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले भेटवार्ता गरेका हुन् ।
प्रदेश प्रमुखहरुले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुखहरुले संविधानमा निर्दिस्ट भएको संघीयता सम्बन्धि व्यवस्थालाई स्थायित्वका लागि प्रदेशलाई बलियो बनाउनुपर्ने बताउँदै प्रदेशलाई आवश्यक ऐन नियम र राष्ट्रसेवक कर्मचारी नियुक्ती सम्बन्धि अधिकार व्यवस्था गराउँन सुझाव दिए ।
यस्तै, प्रदेश प्रमुखहरुको मर्यादाक्रमलाई सुरुमा निर्धारित भए अनुसार पुनः कायम गर्दै पछिल्लो अवस्थामा लागू भएको मर्यादाक्रमलाई खारेज गर्नुपर्ने सुझाव पनि दिइएको जनाइएको छ । राष्ट्रियता, गणतन्त्र र संघीयतालाई बलियो बनाउँदै अघि बढ्ने विषयमा प्रदेश प्रमुख र प्रधानमन्त्रीबीच छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डले रास्ट्रपति, उपराष्ट्रपति र प्रदेश प्रमुखहरुलाई स्थायीत्व दिने कुरामा सरकार प्रतिबद्द रहेको उल्लेख गर्दै प्रदेश प्रमुखको मर्यादाक्रमका बारेमा छलफल भइरहेको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको