बागमतीका १ लाख ६ हजार विद्यार्थीले एसइई दिँदै

लोकखबर
२०७९ चैत्र १५, बुधबार १७:१२

मकवानपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई यही १७ चैतबाट सुरु हुँदैछ । परीक्षाका लागि आवश्यक तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड (माध्यमिक शिक्षा परीक्षा, कक्षा १०) को कार्यालयले जनाएको छ ।
परीक्षा बिहान ८ः०० बजेदेखि सुरु भई ११ः०० बजे सकिनेछ । पहिलो दिन १७ गते अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ । सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र साहित्यको परीक्षा हुनेछ । यस्तै, दोस्रो दिनको परीक्षा चैत १९ अनिवार्य गणितको हुनेछ भने चैत २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ ।
चैत २२ गते अनिवार्य विज्ञानको परीक्षा हुनेछ भने वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुनेछ ।
परीक्षाका लागि देशभरमा गरी २ हजार ३७ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा ५ लाख १६ हजार ५ सय ९१ जना विद्यार्थी सामेल हुने जनाइएको छ ।
परीक्षामा सबैभन्दा बढी परीक्षार्थी बागमती प्रदेशका रहनेछन् । यो प्रदेशका १ लाख ६ हजार विद्यार्थीले एसइई दिँदैछन् । कर्णाली प्रदेशबाट भने सबैभन्दा कम ४१ हजार विद्यार्थीले परीक्षामा सहभागिताका लागि फर्म भरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको