टोल विकास र वडा समन्वय समितिका प्रतिनिधीलाई क्षमता विकास कार्यक्रम

लोकखबर
२०७९ चैत्र १५, बुधबार १९:२२

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा टोल विकास संस्था नगर समन्वय समिति र वडा समन्वय समितिका पदाधिकारीहरूको लागि क्षमता विकास कार्यक्रम र समन्वय बैठक भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता तथा नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, ब्रम्हाकुमार राजयोग सेवा केन्द्र,ओम शान्तिका विजयराज सिग्देल, समितिका सल्लाहकार ध्रुव भुजेल, श्याम प्रसाद श्रेष्ठ, सामुदायिक विकास तथा सचेतना नेपालका अनन्त बानिया, समाज कल्याण शाखाका भैरब कुमालले सहजीकरण गरेका थिए । कार्यक्रममा ६० जनाको सहभागिता रहेको नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको