मकवानपुरकी विन्दबासिनी कंशाकार रास्वपाबाट सांसद बन्दै
मकवानपुर । हेटौंडा मकवानपुरकी विन्दबासिनी कंशाकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद बनाउने निर्णय गरेको छ । व्यवसायी दुर्गा प्रसाईसंग अडियो प्रकरणमा मुछिएका ढाकाकुमार श्रेष्ठको ठाउँमा पार्टीले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो ।
कंशाकार एसिड आक्रमण पीडित हुन् । उनीमािथ दश वर्षअघि एसिड आक्रमण भएको थियो । आक्रमण भएको ६ वर्षपछि मात्रै दोषीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कपुरबोट टिभीबाट गत आइतबार व्यवसायी प्रसाईंसँग ढाकाकुमारले दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो ।











































