पहाडी भेगमा वर्षाको सम्भावना

लोकखबर
२०८० बैशाख ६, बुधबार ०८:२२

मकवानपुर । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार देशका पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पनि पहाडी क्षेत्रकै एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको