हेटौंडा ९ को कार्यालय भवन निर्माण सुरु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माण सुरु गरिएको छ ।
भवन निर्माणका लागि मंगलबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामलो शिलान्यास गरेकी छिन् ।
भवन निर्माणपछि सेवा प्रवाहमा नागरिकले झेल्दै आएको समस्या हट्ने प्रमुख लामाको भनाई छ ।
हेटौंडा उपमहानगरपालिकाको लगानीमा निर्माण हुने एक तल्ले ६ कोठाको भवन उपभोक्ता समिति मार्फत निर्माण थालिएको हो । करीब ४० लाख रुपियाँको लागतमा निर्माण हुने भवनमा उपभोक्ता समितिको १० प्रतिशत लागत सहभागिता रहने वडा अध्यक्ष सुकराम केसीले बताए ।
त्यस्तै मंगलबार नगर प्रमुख लामाले हेटौंडा ९ मा रहेको प्रगती माध्यमिक विद्यालयले निर्माण गर्न लागेको भवनको पनि शिलान्यास गरेकी छन् । हेटौंडा उपमहानगरपालिकाको १५ लाख रुपियाँको लगानीमा निर्माण हुने भवनको जगको काम पहिलो चरणमा गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुलीले जानकारी दिए ।











































