प्रदेश प्रमुखलाई महालेखा परीक्षकको प्रतिवेदन
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई महालेखा परीक्षक कार्यालयले आज बुधबार पाँचौं वार्षिक प्रतिवेदन बुझाएको छ ।
कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन गरेको काम कारबाही समेटिएको वार्षिक प्रतिवेदन महालेखाका नायव महालेखापरीक्षक बालकृष्ण थापाले प्रदेश प्रमुख शर्मालाई बुझाएका हुन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले प्राप्त प्रतिवेदनले वित्तीय सुशासन कायम गर्न प्रभावकारी भूमिकाका लागि सघाउ पुग्ने विश्वास व्यक्त गरे ।











































