सर्पको डसाईबाट कँडेलको ज्यान गयो
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा विषालु सर्प खेलाउँदा एक जनाको ज्यान गएको छ ।
हेटौंडा १९, बस्तीपुर बस्दै आइरहेकी अन्दाजी ३५ वर्षिय सोनु कँडेलको सर्पको डसाईबाट आइतबार मृत्यु भएको हो ।
घर नजिकैको जंगलबाट ल्याएको सर्प खेलाउँदै गर्दा कँडेलको दायाँ हातको माझी औंलामा सर्पले डसेको थियो । सर्पको डसाईबाट गम्भीर बनेपछि हेटौंडा अस्पतालमा उपचारका लागि लगिएपछि अपरान्ह ४ः२० बजे डाक्टरले मृत घोषणा गरे ।











































