प्रेस युनियन मकवानपुरमा बिडारीको नेतृत्व

लोकखबर
२०८० जेष्ठ २, मंगलवार ०७:५०

मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरको आइतबार भएको सातौं अधिवेशनले सुवास विडारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसहमत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कपिल खड्का, महिला उपाध्यक्षमा सन्नु रिजाल, सचिवमा बलराम पुडासैनी, सहसचिवमा कुन्दन धिताल, कोषाध्यक्षमा प्रदीप अधिकारी चयन भएका छन् ।

कार्यसमिति श्यामलाल दुलाल (गणेश),कुमारमणि हुमागाई, रोशनदिप थापा, सन्देश थिङ, अनिषा थापा र सम्झना थापा चयन भएका छन् । बाँकी सदस्य युनियनको बैठकबाट छानिने जनाइएको छ ।

युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारीको अध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतको विशेष आतिथ्यमा अधिवेशन भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन केन्द्रीय सदस्य राजन दाहाल खुसराज, युनियन केन्द्रीय सदस्य बसन्त पराजुली, बागमती प्रदेश उपाध्यक्ष सुजन विडारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस युनियन मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल, कमल अधिकारी,रुपेश दुलाल, गोर्कण सुवेदी लगायतले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिए ।

युनियनका संस्थापक अध्यक्ष राममणि दाहाल, पुर्व अध्यक्ष कमल अधिकारी, गोकर्ण सुवेदी र निवर्तमान अध्यक्ष रुपेश दुलाललाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज ढोडारी,स्वतन्त्र पत्रकार संघका अध्यक्ष गोकुल अधिकारीलगायतको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको