कांग्रेसलाई विना विभागीयसहित ६ वटा मन्त्रालय दिएर सरकारलाई पूर्णता !

लोकखबर
२०८० जेष्ठ ८, सोमबार १७:४०

मकवानपुर । बागमती प्रदेश सरकारले पूणर्ता पाएको छ । माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादीको सहभागिता छ । नेपाली कांग्रेसले ६ वटै मन्त्रालयको अडान नछाडेपछि उसलाई एउटा विना विभागीय मन्त्री दिएर भएपनि जम्कट्टेलले ५८ औं दिनमा सरकारलाई पूणर्ता दिएका हुन् ।

सरकारको नेतृत्व गरिरहेको गरिरहेको माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले दुई वटा मन्त्रालय लिएको छ । एघार मन्त्रालय रहेको बागमतीमा कांग्रेसको एक विना विभागीय मन्त्री सहित १२ जना मन्त्री रहेका छन् ।

आइतबार प्रदेश सरकारमा नेपाली कांग्रेसबाट ४ र एकीकृत समाजवादीबाट २ गरी ६ जना मन्त्री नियुक्त भए ।

नेपाली कांग्रेसबाट मसिना खड्का वन तथा वातावारण मन्त्री, पुकार महर्जन उद्योग पर्यटन तथा सहकारी मन्त्री, उत्तम जोशी स्वास्थ्य मन्त्री र रामकृष्ण चित्रकार बिना विभागीय मन्त्रीमा नियुक्त भए ।

यस्तै, एकीकृत समाजवादीबाट लक्ष्मण लम्सालले श्रम रोजगार तथा यातायात, डा.राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्री जिम्मेवारी पाए ।

प्रदेश सरकारका नव नियुक्त ६ जना मन्त्रीहरुलाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

सरकारमा यसअघि कांग्रेसबाट बहादुर सिं लामा (तामाङ्) आर्थिक मामिला तथा योजना मन्त्री र तिर्थ बहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री छन् ।

यस्तै, माओवादी केन्द्रबाट कुमारी मुक्तान सामाजिक विकास मन्त्री, युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री छन् भने नेपाल समाजवादी पार्टीबाट गंगा नारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून मन्त्री छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको