चिठ्ठा सम्बन्धी विधेयक फिर्ता

लोकखबर
२०८० जेष्ठ ८, सोमबार १८:०५

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले ‘प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ फिर्ता गरेका छन् ।
गत १२ वैशाखमा प्रदेशसभाबाट पारित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष लगिएकोमा विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (३) बमोजिम पुनर्बिचार हुन आवश्यक रहेको सन्देश सहित विधेयक फिर्ता गरिएको प्रदेश प्रमुख कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको