खानेपानी बोर्डको वार्षिकोत्सवमा सम्मान

लोकखबर
२०८० जेष्ठ ८, सोमबार १८:२२

मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले सोमबार विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । बोर्डको दशौं वार्षिकोत्सवका अवसरमा बोर्ड स्थापना कालका तत्कालीन कार्यकारी निर्देशक तथा बागमती प्रदेशको खानेपानी,उर्जा तथा सिंचाइ मन्त्रालयका सचिव मोहनकुमार शाक्य, हेटौंडा उपमहानगरपालिकाका अधिकृतहरु जगन्नाथ सापकोटा र मनोजकुमार सुवेदीलाई सम्मान गरिएको छ ।

यस्तै, खानेपानी बोर्डमा पानी उत्पादन, वितरण, फिल्डमा खटिने कर्मचारी, मिटर रिडर लगायतका क्षेत्रमा उत्कृष्ट काम गर्ने ११ जना कर्मचारीलाई नगदसहित सम्मान गरिएको जनाइएको छ । बोर्डको वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता थियो।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको