बागमतीको बजेट शुक्रबार

लोकखबर
२०८० जेष्ठ ३२, बिहीबार १०:३७

मकवानपुर । विहीबार दिउशो बस्ने बागमती प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गरिनेछ ।
बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले सर्वेक्षण प्रस्ताव टेबुल गर्ने जनाइएको छ ।
बागमती प्रदेश सरकारले शुक्रबार, १ असारमा आव २०८०/८१ का लागि बजेट ल्याउने तयारी छ ।
स्रोतका अनुसार प्रदेश सरकारले आगामी वर्षका लागि ६३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले १४ जेठमा ल्याएको नीति तथा कार्यक्रमबमोजिम बजेट ल्याउने भएको हो ।
बागमतीमा चालु आर्थिक वर्ष २०७९/८० को तुलनामा आगामी आर्थिक वर्षमा ८ अर्ब घटाएर बजेट ल्याउने सरकारको तयारी रहेको जनाइएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको