बागमती प्रदेशसभामा पाँच विषयगत समिति गठन

लोकखबर
२०८० असार १३, बुधबार ०६:३८

मकवानपुर । लामो समयदेखि निर्माण हुन नसकेको बागमती प्रदेशसभाको विभिन्न पाँचवटा विषयगत समिति बनेको छ ।
प्रदेशसभाको मंगलबारको बैठकमा सभामुख भुवन कुमार पाठकले समितिमा रहने सांसदहरुको नाम पढेर सुनाएका हुन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहमतीमा विभिन्न पाँच वटा विषयगत समिति बनेको जनाइएको छ । देशसभामा प्रदेश मामिला समिति, उद्योग पर्यटन वन तथा वातावरण समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति निर्माण भएको हो ।
प्रदेश सभा नियमावली, २०७४ को नियम १४६ बमोजिम विषयगत समिति गठन भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको