एसइईको नतिजा यही असारभित्रै प्रकाशन गरिने

लोकखबर
२०८० असार १६, शनिबार ०६:५५

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही असार अन्तिमसम्म प्रकाशन गर्ने तयारी गरेको छ ।
परीक्षा २०७० सालको चैत १७ गते (शुक्रबार) देखि २९ गतेसम्म सञ्चालन भएको थियो । विहान ८ बजेदेखि ११ बजेसम्म भएको परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका थिए ।
नतिजा  कुन ग्रेडिङ पद्धतिबाट प्रकाशन गर्ने भन्ने टुंगो नलागेको बताइन्छ ।
परीक्षा बोर्डले (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थासँग गत ६ असारमा आवेदन समेत माग गरिसकेको छ । एसएमएस, आइभिआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक संस्थाहरूलाई असार १२ गतेभित्र आवेदन दिन भन्दै सार्वजनिक सूचना जारी गरिएको थियो ।
सूचना अनुसार संघ, संस्था वा कम्पनी प्रचलित कानूनबमोजिम दर्ता भएको हुनुपर्नेछ । संघ, संस्था वा कम्पनी भ्याट प्यानमा दर्ता भएको हुनुपर्नेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको