गरिबी निवारणका लागि उद्यमीलाई प्रविधि हस्तान्तरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको समीक्षासहित शीप विकास तालिम समापन गरिएको छ ।
मेड्पा कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०७९/०८० मा बिभिन्न क्षेत्रमा सञ्चालन भएको सिलाई कटाइका बेसिक तथा एड्भान्स कोर्समा सहभागीलाई मंगलबार हेटौंडा उपहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँले प्रमाणपत्र हस्तान्तरण गरे ।
तालिममा सहभागी भएका लघु उद्यमीहरुलाई सिलाई मेसिन हस्तान्तण गरिएको थियो । तालिमको समिक्षा तथा समापनमा नगर प्रमुख लामाले स्थानीय सरकारले स्वरोजगारीका लागि गरेको लगानीलाई खेर जान नदिन आग्रह गरिन् । लामो समय लगाएर सिप सिकेपछि व्यवहारमा उतार्दै आयआर्जनमा जोडिन जरुरी रहेको बताइन् । आफूले जानेको शीपलाई तिर्खादै व्यवसायिक बन्दै अघि बढ्न सहभागीहरुलाई शुभकामना दिइन् ।
शीपलाई व्यवहारिक बनाउँनका लागि कुनै समस्या भए उपमहानगरपालिका सहयोगि बन्न तयार रहेको भन्दै अब व्यवसायिक बन्न जरुरी रहेको औल्याइन् ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमले वर्षमा १९० जना महिलालाई रोजगारीको अवसर दिने गरी उपमहानगरमा काम भइरहेको छ । तालिममा सहभागीले आफूले सिकाइका क्रममा उत्पादन गरेका सामग्री प्रदर्शनका लागि कार्यक्रममा ल्याएका थिए । कार्यक्रममा आर्थिक विकास महाशाखा प्रमुख राजेश्वरी शाही, उद्योग तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलको आतिथ्यताथियो ।











































