खेल :

मकवानपुरगढीमा राप्रविसंको फुटसल प्रतियोगिता

लोकखबर
२०८० श्रावण ११, बिहीबार २०:५७

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन ( राप्रविस) मकवानपुर बहुमुखी क्याम्पस कार्यसमितिको आयोजनामा मकवानपुरको मकवानपुरगढीमा फुटसल प्रतियोगिता सुरु भएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित फुटसल कोर्टमा आज विहीबारबाट सुरु प्रतियोगिता १३ साउनसम्म सञ्चालन हुनेछ । मकवानपुर क्याम्पसका विभिन्न संकाय र तहका गरी २२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन् राप्रपा मकवानपुरका सह–कोषाध्यक्ष सन्दीप कुमार सापकोटाको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन केन्द्रीय सचिव सरस्वती थिङ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका जिल्ला कार्यबाहक अध्यक्ष आशिष चौलागाईं, राष्ट्रिय युवा मोर्चा मकवानपुर जिल्ला अध्यक्ष विवेक विक्रम शाह, हेटौंडा वडा नम्बर ८ कमिटी अध्यक्ष सुवास गुरुङ, मकवानपुर क्याम्पस कमिटी कार्य समिति सचिव शाहिल पाठक स्ववियु सदस्य निर्जल पुडासैनी लगायतको उपस्थित थियो ।

प्रतियोगिता उद्घाटन राप्रविस मकवानपुर बहुमुखी क्याम्पस कार्यसमिति अध्यक्ष समृत खतिवडाको अध्यक्षतामा भएको हो ।
युवाहरूलाई खेलको माध्यमबाट स्वास्थ्य हुन र कुलतबाट जोगिन सघाउ पुग्ने हेतुले कार्यक्रम गरिएको राप्रविसंका नेता निर्जल पुडासैनीले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको