च्याउ खाँदा दुई चेपाङ परिवारका ६ जना बिरामी
मकवानपुर । विषालु च्याउ खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ ओडारका दुई चेपाङ परिवारका ६ जना बिरामी परेका छन् । आइतबार विषालु च्याउ खाएका कारण ५३ वर्षिय लालसिं चेपाङ र २६ वर्षिय विकास चेपाङको परिवार बिरामी परेका हुन् ।
प्रहरीका अनुसार बिरामी पर्नेहरुमा लालसिं र उनका छोरा २७ वर्षिय राजकुमार चेपाङ छन् । अर्का स्थानीय विकास र उनको श्रीमती २४ वर्षिया सुनीमाया र उनीहरुका दुई छोरा ६ वर्षिय सन्तोष र ८ वर्षि अमोद चेपाङ बिरामी छन् । बिरामी भएकाहरुको उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।











































