राष्ट्रपति पौडेलले गरे तीनजनालाई राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राजदूत पदमा नियुक्ति गरेका छन्।
सोमबार राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्ति गरेका हुन्।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिका अनुसार सुघीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा,तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूतमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको छ।











































