मौसम अपडेट:

देशभर आंशिकदेखि सामान्य बदली

लोकखबर
२०८० भाद्र १२, मंगलवार ०७:३५

मकवानपुर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको