नेता थापाद्वारा राप्तीतटस्थित हनुमान मुुर्ति र योगी नरहरीनाथ यज्ञस्थलको अवलोकन

लोकखबर
२०८० भाद्र १९, मंगलवार १९:१६

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धब थापाले मंगलबार हेटौंडा उपमहानगरपालिका १०, राप्तीतटस्थित नेपालकै सबैभन्दा अग्लो (५२ फिट) हनुमानको मुर्ति तथा योगी नरहरिनाथको यज्ञस्थलको अवलोकन तथा दर्शन गरेका छन् ।
अवलोकन तथा दर्शन गर्दे नेता थापाले नेपालमा सनातन धर्म संस्कृति र परम्पराको संरक्षण र जगेर्ना गर्न एकजुट हुनुको विकल्प नभएको बताए । थापाले रामभक्त हनुमान सेवा समितिको आजिवन सदस्यता समेत लिए ।
धार्मिक सहिष्णुता कायम रहेको मुलुकमा पछिल्लो समय सनातन धर्मावलम्बीहरुको आस्थामाथि विभिन्न पक्षबाट आहत पुर्‍याउने काम भइरहेकोमा चिन्ता व्यक्त गर्दै नेता थापाले सनातनी धर्म संस्कृति संरक्षणमा सबैले सघाउ पुर्‍याउँनुपर्ने बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको