टिकाको उत्तम साइत कात्तिक ७ गते विहान ११ बजेर २ मिनेटमा

लोकखबर
२०८० आश्विन १७, बुधबार १०:०७

मकवानपुर । यस वर्षको बडा दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते विहान ११ बजेर २ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दसैंको शुभसाइत सार्वजनिक गरेका हुन् ।
समितिका अनुसार घटस्थापना असोज २८ गते विहान ११ बजेर २९ मिनेटको समय उत्तम साइत रहेको छ । विज्ञप्तीमा नवरात्रारम्भ, घटस्थापना विहान ११ बजेटर २९ मिनेटमा चित्रा नक्षत्र र वैधृति योग समेत परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने उल्लेख छ ।
दशैं अन्तर्गत कात्तिक ४ गते शनिबार फूलपाती, ५ गते आइतबार महाष्टमी, कात्तिक ६ गते सोमवार महानवमी परेको छ । कात्तिक ११ गते, शनिबारका दिन कोजाग्रत ब्रत रहेको समितिले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको