साहित्य सन्ध्यामा ऋत्विक र समर्पणको कविता सुनिए
मकवानपुर । साहित्य संगम मकवानपुरको शनिबार भएको ३३६ औं साहित्य सन्ध्यामा बालपुस्ताका नवसर्जक ऋत्विक केबी र समर्पण न्यौपानेको संयुक्त कविता सुनिएको छ । ऋत्विक र समर्पणले समान तीन–तीनवटा कविता वाचन गरे ।
ऋत्विकले आमा, समय र प्रेतआत्मा शिर्षकका कविता वाचन गरेका थिए भने समर्पणले चोमोलुङ्मा,सगरमाथा र एभरेष्ट, टेबलमुनि के छ र ? इतिहास र मान्छे शिर्षकका कविता वाचन गरे ।
कवि द्वयको कविता र नियमित साहित्य सन्ध्यामा वाचन भएका २४ वटा रचनाको समिक्षा साहित्यकार सुवास खनालले गरेका थिए ।
खनालले कार्यक्रममा प्रस्तुत भएका रचनाहरु देश, समय सान्दर्भिक र राजनीतिसंग रहेको बताए । यस्तै.गरी बालपुस्ता र नवयुवा पुस्तालाई पनि साहित्यमा स्थान दिनुपर्ने उनले बताए ।
कार्यक्रम साहित्य संम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको अध्यक्षतामा तथा अग्रज साहित्यकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यतामा भएको हो ।
साहित्यकारहरु निमेष निखिल, श्यामकुमार बानियाँ, भावना सापकोटा, छवि सुवेदी, मसान उपासक, सम्प्रस पौडेल, किशन पौडेल, देवराज खरेललगायतको कार्यक्रममा उपस्थिति थियो ।











































